• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।

त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।

भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।

डीआईजी अर्जुन चन्द ठकुरीले भने आफू अहिले विदामा भएका कारण धेरै कुरा बुझ्न बाँकी रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖