• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

उत्कृष्ट काम गरेको भन्दै राष्ट्रपतिबाट तक्मा थापेकी मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर


  • धनकुटा खबर
  • .

काठमाडौं । मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।

ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।

पक्राउ पर्नुअघि निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै उनले राष्ट्रपतिबाट तक्मा लिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖