• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ माघ । सहकारी ठगी अभियोगमा फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

मेयर नेपालीविरुद्ध कास्कीको पोखरा र बागलुङमा रहेको इमेज सहकारीबाट डेढ अर्बभन्दा बढि बचत हिनामिना गरेको आरोप छ । रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलमार्फत उनको खोजी भइरहेको बताइएको छ ।

मेयर नेपाली गत वैशाखदेखि फरार छन् । केही समयअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । उनले रकम फिर्ता गर्नका लागि आफूसंग भएको घरजग्गा विक्री गर्नुपर्ने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖