• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ माछापोखरीबाट पक्राउ गरेको बताइएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖