• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मर्निङवाक हिँडिरहेका ५५ वर्षीय पौडेलको बसको ठक्करबाट मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । सर्लाहीबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले शनिबार बिहान करिब ४ बजेतिर ठक्कर दिँदा चन्द्रपुर ५ का ५५ वर्षीय बोधनाथ पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यकाअनुसार मर्निङवाकमा रहेका पौडेललाई जगत पेट्रोलपम्प अगाडी बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक चन्द्रपुर ४ का विजय राई लाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖