• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रेखा थापाको उदाहरण दिँदै लिङ्देनले भने- एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर अमेरिका पुग्दैछिन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । पहिलो सन्तान जन्माउन अमेरिका पुगेकी आफ्नै पार्टीकी नेता रेखा थापाप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष गरेका छन् ।

राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रममा उपस्थित भएका लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउँदै रेखाको उदाहरण दिएका हुन् ।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा अध्यक्ष लिङ्देनले एक जना पूर्व गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताए ।

लिङदेनले भने- एक जना पूर्व गृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?

अध्यक्ष लिङ्देनले गणतन्त्रपछिका १५ वर्षमा योजनाबद्ध रूपमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको दाबी समेत गरे । उनले अब देशलाई नयाँ बाटोमा लैजानुको विकल्प नभएकाले माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था आवश्यक रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖