• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुग्यो : मनिषा कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार मनिषा कोइरालाले नेपाल कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अवसरको खोजीमा हजारौँको संख्यामा युवाहरु विदेश गइरहेको, नेपालको कलेजहरु रित्तिदा आफ्नो मनमा चिसो पस्ने गरेको बताइन् । उनले विदेशमा पढ्न गएका मान्छे फेरि फर्किन्छन् त भन्दै प्रश्न समेत गरिन् ।

अचेत नेताहरुको शारीरिक हाउभाउ हेर्दा अलि संकुचित, अलि शिर झुकेको, मन झुकेको रहेको बताउँदै त्यसो हुनु भनेको नेपाली र नेपाल आमा झुकेको उल्लेख गरिन् ।

उनले वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरिन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपले भरिपूर्ण रहेको नेपालमा नेपालीहरुबिच धेरै मतभेद रहेको र आउँदो पुस्तालाई कस्तो नेपाल दिँदैछौँ भन्दै प्रश्न गरिन् ।

राष्ट्र र राष्ट्रियता भन्दा ठूलो केही नहुने बताउँदै उनले आफू लामो समय भारतमा बसेको बताउँदै त्यहाँका जनतादेखि नेताहरुमा राष्ट्रियताप्रति एकताबद्ध रहेको उल्लेख गरिन् ।

नेपालमा अहिले छिन्नभिन्न भएको आफ्नो परिवारलाई नहेर्ने तर ग्लोबलाइजेशनको कुरा गर्ने अवस्था रहेको बताउँदै उनले सबैभन्दा पहिला परिवार अर्थात नेपाललाई हेर्नुपर्नेमा जोड दिइन् ।

कोइरालाले विश्वमा देशविहीन भएका मान्छेहरुको दोश्रो दर्जाको नागरिकका रुपमा अपमानित भएर बसिरहेको उल्लेख गर्दै भोलि कतै नेपालीको पनि त्यो अवस्था आउने त हैन भन्दै चिन्ता व्यक्त गरिन् । त्यो अवस्था आउन नदिन समयमै देशको बारेमा सोच्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖