• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते


  • धनकुटा खबर
  • .

चितवनमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिरबार बेलुका शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र. ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिएको थियो।

चितवन प्रहरीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ४१ वर्षीय मधुसुदन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएका थिए।

उनीहरू दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको शनिबार बेलुका साढे ८ बजे बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी छोरीको भने उपचार जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖