• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्कियो


  • धनकुटा खबर
  • .

मियामी । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।

‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो छ। यसमा २० डेक छन् र ७,६०० यात्रुले एकैसाथ यात्रा गर्न सक्छन्।

यो क्रुज रोयल क्यारिबियन समूहको हो। आफ्नो पहिलो यात्राको क्रममा क्रूज जहाजले सात दिनको यात्रा पूरा गर्नेछ।

यो जहाजमा सातवटा स्विमिङ पुल छन्। यसबाहेक यसमा ६ वाटरस्लाइड, ४० रेस्टुरेन्ट, बार र लाउन्ज छन्। जहाजमा सेन्ट्रल पार्क नामको एउटा सानो पार्क पनि छ जसमा वास्तविक रूखहरू र बिरुवाहरू रोपिएका छन्। यस पार्कमाथि पौडी खेल्नेको मूर्ति स्थापना गरिएको छ ।

तर, वातावरणविद्हरूले यो जहाजको विरोध गरिरहेका छन् । एलएनजीमा चल्ने यो जहाजले समुद्रमा ठूलो मात्रामा मिथेन उत्सर्जन गर्ने उनको भनाइ छ ।

जहाजमा प्रयोग हुने परम्परागत समुद्री इन्धनको तुलनामा, एलएनजी राम्रो र कम प्रदुषणकारी भए पनि यसमा चुहावट हुने खतरा हुन्छ।

तर रोयल क्यारेबियन समूहका प्रवक्ताले आधुनिक जहाजको अन्तर्राष्ट्रिय सामुद्रिक मापदण्डअनुसार यो जहाजले २४ प्रतिशत कम ग्यास उत्सर्जन गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖