• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

केपी ओली वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत छन् :माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको आरोप लगाएका छ्न ।

आइतबारबाट काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

“प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ ” अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भएको धोकाबारे सत्ता गठबन्धनमा निर्ममा ढंगबाट छलफल हुने बताएका छ्न । उनले भने-गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो, त्यसैले यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ। यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको छ।

बिहीबार सम्पनन राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्कीलाई अप्रत्याशीत ढंगबाट हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् ।

सत्ता गठबन्धन भन्दा झण्डै ८०० मतले पछाडी रहेकी कोइरालालाई सत्ता साझेदार दल नेपाली कांग्रेसका तीन प्रदेश सांसद र १७ जना स्थानीय तहका मतदाताले मत दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖