• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीको मिलोमतोमा राति निजी घर भत्काएको भन्दै स्थानीयले गरे मिर्चैयामा सडक जाम


  • धनकुटा खबर
  • .

सिरहा। सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ।

प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर ५ का राजदेव कापरी सहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् ।

घर भत्काएको भन्दै आक्रोसित स्थानीयले शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए।

इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए।

जेसीभीसहित ३०/४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि पुग्नुले प्रहरीको आइपुग्नुले उनीहरुबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका हुन् ।

‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपीट गरे। म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछिमात्र कार्यालयबाट निस्केँ। घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने।

घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो।’

घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।

तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तीको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖