• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालेनको अर्को एक्सन– शिक्षा शाखा प्रमुख कोइरालालाई सोधे स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

नगर शिक्षा समितिको निर्णय नभए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि बालेनले स्पष्टीकरण सोधेका हुन् ।

महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार गत शुक्रवार स्पष्टीकरण सोधिएको हो ।

‘कुनै पनि स्कूललाई कक्षा थप गर्न अनुमति दिनका लागि नगर शिक्षा समितिले निर्णय गर्नुपर्छ,’ साहले भने, ‘नगर प्रमुखको अध्यक्षतामा बस्ने नगर समितिको बैठकबाट निर्णय भएपछि मात्र शिक्षा शाखाले त्यसको अनुमति प्रदान गर्ने हो । तर, नगर शिक्षा समितिको बैठक नै नबसी शिक्षा अधिकारी कोइरालाले गत साउनमा उक्त स्कूललाई पत्र काटेको भेटिएपछि सफाइ पेस गर्न ७ दिनको म्याद दिएर शुक्रवार स्पष्टीकरण सोधिएको हो । ‘

यसअघि बालेनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै केही कर्मचारीलाई निलम्बन गरेका थिए ।

नगर सभाबाट भएको निर्णय सच्याएर एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खोजेको पाइएपछि कर्मचारीहरू निलम्बनमा परेका थिए ।-लोकान्तर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖