• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

विप्लवबारेको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न ज्ञानेन्द्र शाहीलाइ प्रकाण्डको चेतावनी, नत्र परिणाम भोग्नु पर्ने धम्की


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आफ्नो अध्यक्ष नेत्र विप्लव चन्दविरुद्ध पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न चेतावनी दिएका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै शाहीले शनिबार सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा उक्त अभिव्यक्तिले आफूहरुलाई आक्रोशित बनाएको बताएका छन् ।

शाहीको अभिव्यक्तिले ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान संकटग्रस्त अवस्थाबाट देशलाई क्रान्तिकारी समाधान दिनबाट रोक्ने भन्दै फिर्ता लिएर माफी माग्न र त्यसो नगरे हुने परिणाम भोग्न प्रवक्ता प्रकाण्डले धम्की दिएका छन् ।

‘यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाइएन भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरा समेत पार्टी स्पष्ट गर्दछ’, प्रकाण्डले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖