• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालक बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । कञ्चनपुर प्रहरीका अनुसार धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश जोशी बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो खाना खाएर ‘एकै छिनमा आउँछु‘ घरबाट निस्केका उनी घर नफर्केको आफन्तले बताएका छन् । ओमप्रकाशकी आमा सावित्री जोशीले प्रहरी चौकी वाणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएको जानकारी दिइन् ।

वाणी प्रहरीले दिउँसोको समयमा ओमप्रकाश साइकल हाइसमा राखेर महेन्द्रनगरतिर गएको सिसी क्यामेरामा देखिएको बताएको छ । उनको मोबाइल ट्रयाक गर्दा आइतबार बेलुकी दोधाराचाँदनी क्षेत्रमा देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖