• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

खप्तड राष्ट्रिय निकुञ्जमा बन्दुकसहित अछामका एक जना समातिए


  • धनकुटा खबर
  • .

डोटी । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ।

अछामको साँफेबगर नगरपालिका- १४ मा पर्ने दुनि पातलकोटस्थित पाटे वनमा एक थान बन्दुकसहित एक जनालाई पक्राउ गरिएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले जानकारी दिए।

ती व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान हुने र अवैध हातहतियार लिएर रातको समयमा जङ्गल प्रवेश गरेकोले हातहतियार तथा खरखजाना सम्बन्धी ऐन बमोजिम अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइने वार्डेन पौडेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖