• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १५ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अहिले बिहान ८ बजेदेखि कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल भईरहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै अहिले बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदैछ।

साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ ।

दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्थाअनुसार जनसङ्ख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖