• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भुलेर पनि यी दिशातर्फ फर्किएर सुत्नु हुँदैन


  • धनकुटा खबर
  • .

मानिसले आफ्नो दिनचर्यामा धेरै काम गर्छ, जसको परिणाम उसले धेरै प्रकारले भोग्नुपर्छ। यस्तो होइन कि मानिसले यी सबै कुरा जानाजानी गर्छ, तर जानकारीको कमीले केही घटनाहरू हुन्छन् जसले उसको जीवनलाई नराम्रो असर गर्छ । उसको लागि धेरै समस्याहरू सिर्जना गर्दछ।

यीमध्ये एक हो सही दिशामा नसुत्नु। मानिस कुन दिशामा सुत्छ भन्ने कुरा पनि वास्तुशास्त्रमा निर्धारण गरिएको छ। जानाै कुन दिशामा फर्किएर सुत्नुपर्छ ।

यो दिशामा खुट्टा राखेर सुत्नु हुँदैन
वास्तुशास्त्रका अनुसार मानिस दक्षिण दिशामा खुट्टा राखेर सुत्नु हुँदैन । दक्षिण दिशालाई यमदूत, यम र नकारात्मक शक्तिको दिशा मानिन्छ । त्यसैले यो दिशामा खुट्टा फर्काएर सुत्नु हुँदैन। जुन विज्ञानले पनि प्रमाणित गरिसकेकाे छ ।

पूर्व दिशामा पाइला नहाल्नुहोस्
वास्तुशास्त्रका अनुसार पूर्व दिशा अर्थात् सूर्योदयको दिशामा खुट्टा राखेर सुत्नु हुँदैन । यसका अलावा पश्चिम दिशामा टाउको राखेर सुत्नु हुँदैन । यसले पनि शरीरमा नकारात्मक असर गर्छ ।

गलत दिशामा खुट्टा राखेर सुत्नुभयो भने के हुन्छ ?
वास्तुशास्त्रमा भनिएको छ कि यदि व्यक्ति पूर्व वा दक्षिण दिशामा खुट्टा राखेर सुत्छ भने उसको दिमागमा नकारात्मक विचार र डरलाग्दो सपना आउँछन्। यस बाहेक मानिसहरु निराशा र डरको सिकार बन्छन् ।

यदि कुनै व्यक्ति गलत दिशामा खुट्टा राखेर सुत्छ भने उसको शरीरको सम्पूर्ण शक्ति बाहिर जान्छ । गलत दिशामा खुट्टा राखेर सुत्दा शरीरमा नकारात्मक असर पर्छ।

कुन दिशामा खुट्टा राखेर सुत्ने ?
वास्तुशास्त्रका अनुसार उत्तर दिशामा खुट्टा राखेर सुत्दा सुख, समृद्धि, शान्ति, आर्थिक लाभ र आयु वृद्धि हुन्छ । यसका साथै पूर्व दिशामा शिर राखेर सुत्दा ज्ञान प्राप्तिमा मद्दत मिल्छ । एजेन्सीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖