• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी पिआरका कारण समाज कल्याण परिषद्की उपाध्यक्षले दिईन पदबाट राजीनामा


  • धनकुटा खबर
  • .

समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्। उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिककी पूर्व मन्त्री उमा रेग्मीकी बुहारी हुन्।

मोनिका अमेरिकाको पिआर (स्थायी बसोबास अनुमति) धारी हुन्। उनी अमेरिकाको पिआर हुँदाहुँदै समाज कल्याण परिषद्की उपाध्यक्षमा नियुक्ति भएकी थिइन्। पिआर भएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा बस्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै उनको नियुक्ति भएको थियो।

उनकी सासु अर्थात् पूर्व मन्त्री उमाले उनलाई नियुक्ति गरेकी थिइन्। त्यसको विरोध भएको थियो। मोनिकाले पिआर लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेको थियो। त्यसपछि उनले राजीनामा दिएको बताइएको छ।

‘मन्त्रालयबाट राजीनामा दिएको अनौपचारिक रूपमा सुनेँ। मेरो जानकारी दिनुभएको भन्ने छ’, समाज कल्याण परिषद्का प्रवक्ता सञ्जयकुमार मल्लिकाले भने। उनले मन्त्रालयबाट मन्त्रिपरिषद्मा जाने भएकाले परिषदमा जानकारी नआएको हुनसक्ने बताए।उनले राजीनामा दिएपनि अहिलेसम्म समाज कल्याण परिषद्मा उपाध्यक्षको रूपमा वेभसाइटबाट हटाइएको छैन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖