• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बाँकेमा बसको ठक्करबाट प्रहरी जवानको मृत्यु


  • धनकुटा खबर
  • .

बाँके : बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको दुर्घटनामा परी मृत्यु भएको हो।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका-१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी जवान डाँगी ड्युटीमा खटिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖