• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

दर्जनौंलाई ठगेर दिल्लीमा लुकिबसेका कन्सल्टेन्सी सञ्चालक गड्डाचौकीबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ गठी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

मिराकल कन्सलटेन्सीका सञ्चालक बारा जिल्लाको कोल्वी नगरपालिका ४ बस्ने वर्ष ३३ को राम शरण शिवाकोटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

शिवाकोटीले युनिसा आले मगर समेतलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ, अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

पीडितहरूबाट पटक पटक गरी १६ लाख ५० हजार रुपैयाँ र राजन प्रसाई समेत ३ जनाबाट १६ लाख ५२ हजार रुपैयाँ गरी जम्मा ३३ लाख दुई हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

भारतको दिल्लीमा लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई खोजतलासको लागी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटीई गएकोमा यही माघ १४ कञ्चनपुर भिमदत्त नगरपालिका– ४ गड्डाचौकीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । सिवाकोटीले धेरै जनालाई त्यसरी ठगी गरेको बुझिन आएको प्रहरीको भनाई छ ।

प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरुमा पठाउने भनी धेरै व्यक्तिहरुसँग रकम लिएको खुल्न आएकोले निजबाट ठगिएका व्यक्तिहरुले वैदेशिक रोजगार विभाग ताहाचलमा सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया गर्न समेत प्रहरीले सूचित गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖