• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

३३ लाख रुपैयाँ ठगेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ठगीमा संलग्न आरोपमा प्रहरीले एकजना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–४ घर भएका ३३ वर्षीय रामशरण शिवाकोटी छन् ।

उनी मिराकल कन्सलटेन्सीका सञ्चालक हुन् । युनिसा आलेमगर समेतलाई वैदेशिक रोजगारीमा पठाउँछु भनेर आरोपीले ३३ लाख २ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

अजरबैजान जान ‘प्रतिव्यक्ति १३ लाख लाग्छ’ भनेर अरोपीले ३ जना पीडितबाट ३३ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

रकम लिएपछि फरार भएका उनि लामो सयमदेखि भारतमा लुकेर बसेका थिए । आरोपीलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖