• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

वडा कार्यालयका कर्मचारी मृत भेटिए


  • धनकुटा खबर
  • .

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मुलावारी बस्ने ३७ वर्षिय सुमन खड्का घरनजिक रहेको पहिरोको बिच भागमा मृत अवस्थामा फेला परेका छन् ।

शिवपुरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यरत रहेका खड्का आईतवार विहान आफ्नै घरदेखि करिब २०० मिटरको दुरीमा रहेको मुलाबारीको पहिरोको बिच भागमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी शनिवार विहानैदेखि सम्पर्कमा नरहेपछि आईतवार बिहानैदेखि स्थानीय र घरपरिवारको मानिसले खोज्दै जाने क्रममा मृत अवस्थामा फेला परेका थिए ।

खड्का मृत भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घट्नास्थल पुगेर आवस्यक प्रारम्भिक अनुसंधान तथा कानूनि प्रक्रिया पुरा गरि लाश पोष्टमार्टम गर्न त्रिशुली अस्पताल पठाइएको थियो ।

शव पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖