• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी


  • धनकुटा खबर
  • .

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न सूचना जारी गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न सूचना जारी गरेको छ।

पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न सूचना जारी गरेका हुन्।

वन जंगल र रुख विरुवाको संरक्षण गर्नुपर्नेमा वडाध्यक्षले नै रुख काट्न उर्दी गरेको भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।

‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ,’ वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖