• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

काकीलाई विष खुवाएर हत्या गर्ने भतिजो २३ वर्षपछि पक्राउ


  • धनकुटा खबर
  • .

धनुषा : धनुषामा आफ्नै काकीलाई विष खुवाएर हत्या गरेर फरार रहेको आरोपमा भतिजो पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय मोहन साह कानु रहेका छन्।

करिब २३ वर्षअघि खानामा विष हालेर काकी बुधनी देवीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो। घटनापछि फरार रहेका साहलाई धनुषा प्रहरीले कमला नगरपालिका–६ स्थित सखुवामडानबाट पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले बताए।

उनका अनुसार २३ वर्षदेखि लुकिछिपी बसिरहेको अवस्थामा सोमवार प्रहरी चौकी सिंग्याहीमडानबाट प्रहरी सहायक निरिक्षक दशरथ प्रसाद यादवको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा साहलाई सखुवा बजारबाट नियन्त्रणमा लिएका हुन्। साहले २०५७ माघ ११ गते काकीको हत्या गरेर उनको शवलाई वेपत्ता बनाएका थिए। घटनामा संलग्न बुधनीकी श्रीमान्, छोरा र बुहारी फरार रहेकी छन्। उनीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाइएको छ।

मोहनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा राखेर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको डिएसपी अवाले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖