• Friday 16th of October 2026

राजेन्द्र पाण्डे अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

‘उहाँलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ । बिहीबारसम्ममा डिस्चार्ज गरिन्छ होला’, पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖