• Friday 16th of October 2026

ओलीले पहिलो सहिद मानेका ‘बाँकावीर’ को हुन् ?


  • धनकुटा खबर
  • .

‘बाँकावीरले पहिलोपल्ट राणाशासनका विरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठन गरेका थिए । उनलाई पछि राणाशासनले गिरफ्तार गरेर हत्या गर्‍यो । उनी पहिलो सहिद हुन् । पहिलो सहिदका सम्बन्धमा अलिकति कन्फ्युजन पनि छ । बाँकावीर नेपालको राजनीतिक जागरण र स्वतन्त्रता प्राप्तिको, अधिकार प्राप्तिको आन्दोलनको, संगठित आन्दोलनको पहिलो सहिद हुन् ।’ २०७८ चैत १८ गते आयोजित अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ।

उनको यस अभिव्यक्तिले एक खालको तरंग र बहस उठायो– के पहिलो सहिदका सम्बन्धमा राज्यलाई कन्फ्युजन नै हो ?

ओलीको यस्तो अभिव्यक्ति आउनुभन्दा ६ वर्षअघि (२०७२ असोज ३ गते) सरकारले लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरेको थियो । सरकारले २०५६ सालमै लखनलाई सहिद घोषणा गरेको थियो तर प्रथम सहिद भनेको थिएन । मगर संघ–संस्था र बुद्धिजीवीहरूको पहलमा सरकारले २०७२ मा आएर लखनलाई प्रथम सहिद घोषणा गरेको थियो ।

२०५६ सालमा लखनलाई सहिद घोषणा गरेको केही महिनापछि अर्थात् २०५७ जेठमा सुरतबहादुर शाहले सानो पुस्तिका लेखे, ‘नेपालका प्रथम अमर सहिद बाँकावीर’ नाम दिएर । यसको एक वर्षपछि अर्थात् २०५८ सालमा डा. राजाराम सुवेदीले ‘अछामको इतिहास’ लेखे । जसमा सुवेदीले ‘प्रथम अमर शहीद बलदेव शाह उर्फ ‘बाँकावीर’को विद्रोह’ शीर्षकमा बाँकावीरको चर्चा गरेका छन् ।

ओलीको अभिव्यक्तिपछि लखन थापा र बाँकावीरका सम्बन्धमा थुप्रै आलेख आएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖