• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नुवाकोट महोत्सव हेर्न आउनेले निशुल्क अण्डा र दुध खान पाउने


  • धनकुटा खबर
  • .

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने आठौं नुवाकोट महोत्सवको अवलोकन गर्न आउने अवलोकनकर्ताहरुले निशुलक रुपमा दुध र अण्डा खान पाउने भएका छन् ।

वाणिज्य संघको आयोजनामा यहि माघ २६ गते देखि फाल्गुण ७ गतेसम्म विदुरमा हुने महोत्सवमा कृषि प्रर्दशनी स्टलमा जानेहरुले निशुल्क दुध र अण्डा खान पाउने नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा कृषि प्रर्दशनी व्यवस्थापन समितिका संयोजक दिनेशकुमार श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

भेटेरिनरी अस्पतालको सहकार्यमा कृषिजन्य वस्तुको प्रर्वद्धनको लागि ३ दिनसम्म सम्पूर्ण महोत्सव आगन्तुकहरुको लागि उसिनेको अण्डा र तातो दुध निःशुल्क वितरण गर्न लागेको श्रेष्ठले बताए ।

उनले यसपटकको महोत्सवलाई स्थानीय उत्पादन तथा कृषि प्रर्दशनीको महोत्सव भन्दा फरक नपर्ने बताए । “नुवाकोट महोत्सव हालसम्म आठौं संस्करणसम्म आईपुग्दा महोत्सवले सधै कृषिलाई प्रर्वधन गर्दै आईरहेको उल्लेख गरे । यसपटकको महोत्सवमा पनि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी संघ लगायत अन्य निकायहरुसँग समन्वय गरिसकेका छौं । उहाँहरुबाट सकारात्मक प्रतिक्रिया तथा सहयोग पाएका छौं । यस वर्ष हामीले स्थानीय उत्पादन र कृषि प्रर्दशनीलाई ५० वटा निःशुल्क स्टल बनाएका छौं । साथै यस वर्ष उत्कृष्ट पाँच कृषि प्रर्दशनीलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरेका छौं” श्रेष्ठले भने ।

उनले जिल्लाका विभिन्न स्थानीय तहहरुबाट आआफ्नो पालिकाको मौलिकता झल्किने स्थानीय उत्पादन तथा कृषि सामाग्रीहरु प्रर्दशनी गर्ने समेत बताएका छन् ।

यसपटकको महोत्सवमा जिल्ला तथा बाहिरबाट लाखौं आगन्तुकहरु अवलोकनका लागि आउने भन्दै श्रेष्ठलेस्थानीय उत्पादनको बजारीकरणलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । नुवाकोटको ट्राउट माछा, स्ट्रवेरी मुला, बदाम, सुन्तला, किबि, आलु तथा अन्य उत्पादनलाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले ईलम प्रशिक्षण केन्द्रमा हाटबजार सञ्चालन गरी बिक्री केन्द्रनै स्थापना गरेको छ । कृषि क्षेत्रको प्रर्बद्धनको लागि भनेर महोत्सवमा ५० वटा निशुल्क स्टल व्यवस्था गरिएको छ ।

नुवाकोट महोत्सव नुवाकोट उद्योग वाणिज्य संघको मात्र महोत्सव नभई जिल्लाबासीको महोत्सव भएकोले यसलाई सबै क्षेत्रले अपनत्व लिई महोत्सव अवलोकन गरी सहयोग पुराउन समेत उनले आग्रह गरेका छन् ।

नुवाकोट महोत्सको तयारी अहिले अन्तिम चरणमा पुगेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

यो समयको सहयोगमा ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖