• Friday 16th of October 2026

‘दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता पुष्टि हुने आधार प्रष्ट छ’:माओवादी नेता


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले दरबार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता पुष्टि हुने प्रर्याप्त आधारहरु रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दरबार हत्याकाण्डको सत्यतथ्य छानविन गर्न सरकार अगाडि बढ्ने बताए । नेता दाहालले दरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्डलाई आशंकाको गर्भमा राख्न नहुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यी दुवै रहस्यमयी हत्याकाण्डको छानविनका लागि तयार रहेको समेत उनले बताए ।

‘प्रष्ट छ कि दरबार हत्याकाण्डमा ज्ञानेन्द्र र ज्ञानेन्द्रका परिवारको संलग्नता छ भनेर आशंका गर्ने प्रर्याप्त आधार छ । प्रधानमन्त्रीज्यूले पनि प्रष्ट भन्नुभएको छ– यो छानविन गरिन्छ । छानविन गर्नै पर्छ । सत्य के हो त पत्ता लाग्नुपर्छ नि त । सधैं आशंकाको गर्भमा राख्न हुँदैन ।’ नेता दाहालले भने, ‘दरबार हत्याकाण्डमा जसले अपराध गरे, जो त्यो अपराध कर्ममा संलग्न छन्, ती दण्डित हुनु्पर्छ । उच्चस्तरीय छानविन समिति बनाएर दरबार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्डको छानविन प्रक्रिया अगाडि बढाउन पर्छ भन्ने विषयमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ ।’

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले दरबार हत्याकाण्डलगत्तै नेपालको सन्दर्भमा राजतन्त्रको विधिवत अन्त्य भएको विज्ञप्ति जारी गरेको स्मरण गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त कुरा स्वीकार गर्न २२ वर्ष लागेको उनले टिप्पणी गरे । ओली लगायतका तत्कालीन शीर्ष नेताहरुले प्रधानमन्त्री बन्ने लोभमा ज्ञानेन्द्रको पाउमा दाम चढाएर चाकडी र चाप्लुसी गरेको उनको आरोप छ । ओलीले ज्ञानेन्द्रलाई कुशको राजा भनेर आफ्नो विगतका कमीकमजोरी स्वीकार गरेको भन्दै धन्यवाद दिए ।

‘२२ वर्षअघि प्रचण्डले जे भन्नुभएको थियो– विधिवत रुपमा राजतन्त्रको अन्त्य भयो, गणतन्त्रको युग सुरु भयो भनेर जे विज्ञप्ति जारी गर्नु भएको थियो । त्यो २२ वर्षअघि जारी भएको विज्ञप्तिमा केपी ओली हिजो सहमत हुनुभयो । उहाँले ज्ञानेन्द्रलाई कुशको राजा हो, मान्न हुँदैन थियो भनेर विगतमा प्रधानमन्त्रीको दौडमा ज्ञानेन्द्रलाई चाकडी गर्नुभएको थियो उहाँहरुले आफ्नो कमजोरीको स्वीकारोक्तिप्रति कमरेड केपी ओलीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु,’– नेता दाहालले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖