• Friday 16th of October 2026

एमाले सांसद वसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


  • धनकुटा खबर
  • .

विराटनगर । प्रतिनिधिसभा सांसद एवं नेकपा एमालेका नेता अचानक बिरामी परेका छन् । पार्टी बैठकका लागि ताप्लेजुङ आएका उनी बिरामी भएपछि अहिले ताप्लेजुङ अस्पतालमा लगिएको छ । पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ ताप्लेजुङका इन्चार्ज हुन् ।

थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको स्वकीय सचिव गणेश योङहाङले बताए । सचिवालय बैठकमा खाना खानेक्रममा मोबाइल झरेर टिप्न लाग्दा उनलाई एक्कासी समस्या भएको थियो ।

उनले भने, ‘उहाँ जिल्ला कमिटी ताप्लेजुङको सचिवालय जानुभएको थियो । बिहान फिदिमबाट गएपछि प्रेसर बढेर जिल्ला अस्पताल ताप्लेजुङमा हुनुहुन्छ, हेलिकोप्टर लिन जाँदैछ । अवस्था ठीकै छ तर अस्पतालमा डाक्टरको निगरानीमा राख्न ठीक हुन्छ भनेर हेलि पठाइएको हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖