• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

स्वस्थानी व्रतकथाको सुरुवात कसरी भयो ?


  • धनकुटा खबर
  • .

हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने र पूजा गर्ने परम्परा छ, नेपाली सनातन समाजमा। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र स्वस्थानीको माहत्म्य वाचन वा श्रवण गरिन्छ। व्रत अवधिभर चोखोनितो गरी मध्याह्नमा एक पटक मात्र भोजन गर्ने विधान पनि छ। तर विधिपूर्वक व्रत नबस्नेहरूले पनि घरघरमा बिहान वा बेलुकी स्वस्थानीको कथा भन्ने र सुन्ने गर्दछन्।

स्वस्थानी व्रतको सुरुवात हिमालयकी पुत्री पार्वतीले गरेकी थिइन् भन्ने प्रसंग स्वस्थानी व्रतकथामै आउँछ। भगवान् विष्णुले व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन्। फलस्वरूप उनले महादेव पति पाइन्। यसैगरी गोमाले दुःख पाएको देखेर पार्वती सप्तर्षिलाई स्वस्थानीको व्रत गराइदिन गोमाको घरमा पठाएकी थिइन्।

सप्तर्षिकै सल्लाह अनुसार विधि पूर्वक स्वस्थानीको व्रत गर्नाले गोमाको दरिद्रता नाश भयो। छोरा नवराज बाबुको पत्तो लगाई घर मात्र फर्किएनन्, लावण्यदेशको राजा पनि भए। रानी हुन पाउने अहंकारले गर्दा दुखकष्ट पाएकी नवराजकी पत्नी चन्द्रावतीले पनि कपिल ब्राह्मण र अप्सराहरूको सल्लाहअनुसार स्वस्थानीको व्रत गर्दा दुःखबाट मुक्ति पाएको स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖