• Friday 16th of October 2026

रास्वपाले बोलायो संसदीय दलको बैठक


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । आगामी माघ २२ गतेदेखि संसदको अधिवेशन शुरू हुने भएपछि त्यसको तयारी गर्न रास्वपाले बैठक बोलाएको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । ‘२२ गतेदेखि सदन शुरू हुँदैछ । आउने सदनमा हाम्रो उपस्थिति पहिलेभन्दा पनि व्यवस्थित कसरी गराउने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो,’ अर्यालले लोकान्तरसँग भने, ‘बैठकमा प्रस्तुत हुने विषयमा सभापतिले पनि बिफ्रिङ गर्नुहुन्छ । सांसदले आफ्नो तयारीका कुरा राख्नुहुन्छ ।’

काम थालेर पनि अलपत्र पारिएका योजनाबारे पनि दबाबमुलक कार्यक्रम गर्ने तयारी रास्वाले गरेको छ । मेलम्ची आयोजनाको मुहानसम्मै पुगेर अवस्था बुझ्ने र अरु आयोजना पछि छिटो सकाउने गरी दबाब दिने तयारी रास्वपाको छ ।

सांसदहरूलाई अझै व्यवस्थित बनाउन विधेयक, कानुन, संसदका विभिन्न प्रक्रियाबाट पर्याप्त तयारी गर्न पनि रास्वपालाई सांसदहरूलाई निर्देशन दिएको छ । डिजिटल प्रणालीबाट सांसदहरूले आफूले गरिरहेको र गर्न सक्ने थप कामको बारे पार्टीलाई जानकारी गराउन निर्देशन दिइएको उनले जानकारी दिए । ‘सांसदको काम नै अध्ययन गरिरहने हो । विधेयक कानुनबारे अध्ययन गरिरहनुपर्छ । पार्टीले यस्ता विषयमा अलर्ट गराएको हो,’ अर्यालले भने, ‘हामीले डिजिटल प्राक्टिस गर्दैछौं । साथीहरूले अनलाइनबाटै यस्ता कामको जानकारी गराउनुहुन्छ । जसलाई हामी संग्रह गरेर पनि राख्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖