• Friday 16th of October 2026

म्याग्दीका सरोकारवालालाई सुशीलकी दिदी बिपनाको मार्किक पत्र !


  • धनकुटा खबर
  • .

म्याग्दी सदरमुकाम बेनी बजारमा एकसाता अगाडी युवाको समूहबीच भएको ‘ग्याङ फाइट’मा ज्यान गुमाएका बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेग घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशील गर्बुजाकी दिदी अष्टे«लियाबाट आएर भाईको अन्तेष्टीमा सहभागी भइन् ।

सामान्य विवादमा सममाँझै बेनीबजारमा समुहले योजनाबद्ध तरिकाले बर्बर, क्रूर आक्रमण गरी सुशीलको ज्यान लिए । बेनीबजारलाई नै अशान्त बनाउने र सिंगो समाजलाई नै झस्काइरहेको क्रूर र आततायी घटनामा संलग्नलाई पक्राउ तथा भाईले सुरक्षाका लागि प्रहरीमा दिएको निवेदन, जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतलाई बिपनाले गम्भीर प्रश्न गरेकी छन् ।बिपनाले आफ्नो सामाजिक सञ्जालमा सरोकारवाला निकायप्रति गुनासो सहितको पत्र यस्तो छ ।

नमस्ते म बिपना गर्बुजा मगर,
माघ ११ गते न्यूरोड, बेनी बजारमा मेरो भाइ सुशील गर्बुजाको पूरा प्लानिङको साथ खुलेआम हत्या गरिएको छ, हत्यामा संगलन १५-२० जनाको समुह रहेको सिसिटीभी फुतेजबाट खुल्न आएको छ| अब झगडा नगर्ने मेलमिलाप गर्ने भनेर फकाई फुलाई बोलाएर मेरो भाइलाई निर्मम रुपमा चक्कु प्रहार गरि हत्या गरिएको छ, जसमा ६ जनालाई प्रहरीले हिरासतमा लिएको छ। यो सानो बेनी बजारमा एत्रो सब हुदा पनि सम्बन्धित निकाय किन मौन छ?
समाजसेवी, नगरपालिका मेयर, उप-मेयर, वडा अध्यक्ष के तपाईहरुको पद नामको लागी मात्र हो? तपाईहरुको काम चाहिँ हामी जनताले कहिले देख्न पाउने , हामीलाई न्याय कस्ले दिन्छ ? घुस बिना काम बन्दैन हो नेपालमा? के घुस दिने र लिनेको मात्र काम हुन्छ? एकचोटी आउनु पनि उचित ठान्नुभएन? तपाईहरु जनता प्रति कहिले उत्तरदायी बन्ने ? के भोट माग्नलाई मात्र हो जनताको घरदैलोमा आउने?
हामी जनताको कुरा कसले सुनिदिने, कसले बुझिदिने,आखिर मेरो भाइको हत्यालाई पनि राजनीति र पैसाको चलखेल गर्न खोज्दै हुनुहुन्छ? घटनालाई तोदमोड गर्ने कुचेस्ता कोहि कसै बाट नहोस , के साच्चिकै हामी सुरक्षित छौ यो समाजमा ? खुलेआम हत्या जस्तो जघन्य घटना हुदा त्यहा उपस्थित मान्छेहरुमा सहयोग गर्नु त परको कुरा हो एक कल पुलिस, प्रशासनलाई फोन गर्ने आट आएन ? साच्चै नै मानवता हराएको नै हो ? आज मलाई पर्यो भोलि तपाईंलाई नपर्ला भन्न सकिन्न, सधैं ढाकछोप गरेर, लुकाएर, भागेर कसैको पनि भलो हुदैन र समस्याको समाधान पनि ।

रह्यो पुलिस प्रशासनको कुरा,
मेरो भाइले माघ ४ गते बुझाएको निवेदनलाई किन गम्भिर रुपमा अनुसन्धान गरिएन? किन हेल्चक्राइ गरियो? प्रमाण सहित जादा पनि किन पुलिस प्रसासनले आँखा चिम्लेर बस्यो? के साच्चै नै कानुन अन्धो हो? कि कसैको दबाब रहेयो ? किन ठुलाबडाहरुलाई कानुन लाग्दैन? के सधै हामी नै दबिनु पर्ने हो? के मान्छे मारिदा गर्ने मानबिय धर्म यहि हो ? होईन भने मान्छे मारिदा सत्य तथ्य छानबिन किन अघि बढि रहेको छैन , फरार भनिएकाहरु किन समात्न सकिरहेको छैन पुलिस प्रशासन ? कि मान्छे मार्नलाई लाईसेन्स दिएको छ म्याग्दीको पुलिस प्रशासन अनि राजनिति गर्छु भन्ने राजनितिज्ञहरुले हामि जान्न चाहान्छौ ? पिडित परिवारले न्यायको अनुभुति कहिले गर्न पाउछ? सत्य तथ्य बाहिर ल्याएर पिडित परिवारलाई बिस्वास दिलाउनु हुन्छकि ? चलखेल, पैसा र पावरमै रुमलिएर पिडित परिवारमा अझै पिडा थप्ने काम गर्नुहुन्छ ? कृपया कानुनि राज्यको आभास दिलाई दिनु ताकि भोलिको दिनमा पिडित परिवारले अन्य बाटो रोज्न बाध्य नपारियोस बिन्ति नेता ज्यु तपाईको काम जनताको सेवा गर्ने समाज बनाउने हो नकि न्यायको बिरुद्व कुतनिति अनि चलखेल !
मान्छे मार्ने अधिकार कसैलाई छदैछैन यो कुरा हेक्का होस । मेरो भाइ माथि उठेका एक-एक हातलाई म छोडने छैन, चाहे त्यो कुनै पार्टीको झोले नै किन नहोस, वा कुनै पैसावाला र पावरवालाको छोरा, एक एकको हिसाब हुन्छ।

जिल्ला अदालत नभए, उच्च अदालत त्याहा पनि नभए , सर्वोच्च अदालत, यो दिदिले आफ्नो भाइको लागि जुन ढोका ढकढक्याउनु पनि तयार छ|अन्तमा यति भन्छौ हामि न्याय चाहान्छौ , सत्य लाई नदबाईयोस नलुकाईयोस । अब पनि केही चल्खेल भयो भने हामी र हाम्रो परिवार रोडमा निस्किने छौ, आन्दोलन हुन्छ, अन्सन बस्नेछौ, यो अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिलाएर छोडनेछौ, यो मेरो र परिवार को मेरो भाइलाई बाचा भयो।
बाबा-आमाको खम्बा ढलेयो आत , भरोसा संगै सपना टुतेयो म दिदि को सुख दुखको सारथि छुत्यो तर यो पिडामा साहानुभुति दिनुको सातो न्यायको अनुभुति दिलाउनुको सातो सम्बन्धित निकाय पैसा , पावर र चलखेल जस्तो घृनित कार्यमा व्यस्त भएको छ ।
#JusticeForSushilGarbuja.

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖