• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पति–पत्नी एक्लै सुत्दा निद्रा सप्रने, सम्बन्ध बिग्रने


  • धनकुटा खबर
  • .

EN

# अपराध # प्रचण्ड # प्रधानमन्त्री कप क्रिकेट # फिल्म # केपी शर्मा ओली # पक्राउ # त्रिभुवन विश्वविद्यालय # एकीकृत समाजवादी
logo

एजेन्सी । विवाहित दम्पती बेग्ला बेग्लै सुत्ने चलन पछिल्लो समय बढेको छ । घुर्नेलगायत समस्याले गर्दा सँगै नसुत्नेहरू पनि छन् । साइकोलोजी रिसर्चले गरेको एउटा सर्वेक्षणमा २५ देखि ४० प्रतिशत विवाहित जोडीले बेग्लै सुत्न रुचाउने बताएका थिए ।

यसरी श्रीमान् श्रीमती छुट्टा छुट्टै सुत्दा दुवैको निद्रा राम्रो हुने भए पनि एक अर्काबिच इमोशनल र फिजिकल अट्याचमेन्टको कमी हुने पाइएको छ । यसका कारण सम्बन्ध टुट्ने स्थितिसम्म आउने गरेको छ । यस्ता जोडीको यौन जीवन बिग्रन्छ ।

यस्तो स्थितिलाई स्लिप डिभोर्स (अर्थात् सुत्दा चाहिँ बेग्ला बेग्लै हुने) भनिन्छ । दम्पती सँगै नसुत्नुका अनेक कारण हुन सक्छन् । यसरी सुत्नुका केही फाइदा र केही घाटा पनि छन् ।

अमेरिकामा एक तिहाइ दम्पती छुट्टा छुट्टै कोठामा सुत्छन्
एक्लै सुत्दा सम्बन्धमा खासै असर पर्दैन भनेर सोच्नु हुन्छ भने तपाई एकदम गलत सोच्दै हुनु हुन्छ । अमेरिकामा गरिएको एउटा अनुसन्धानमा पेन्सिलभेनिया राज्यमा ३० प्रतिशत विवाहित जोडी सधैँ बेग्ला बेग्लै कोठामा सुत्ने गरेको पाइएको थियो ।

यस्तो खालको सम्बन्धमा कस्तो खालको व्यवहार हुन्छ, यसले सम्बन्धमा के कस्ता असर पार्छ भनेर बुझ्न कयौँ अनुसन्धान भएका छन् । यी अनुसन्धानहरूले पति–पत्नी वा प्रेमी–प्रेमिका बेग्ला बेग्लै कोठामा सुत्नु सम्बन्धका लागि खतरनाक साबित हुने देखाएको थियो ।

एक्लै सुत्दा निद्रालाई फाइदा, प्रेम र सम्बन्धमा क्षति
क्लिभल्यान्ड क्लिनिकको हेल्थ एसेन्शियल्सको रिपोर्टका अनुसार दम्पती वा प्रेमी प्रेमिका बेग्ला बेग्लै खाट वा कोठामा सुत्नु निन्द्राका लागि फाइदाजनक भए पनि सम्बन्धका लागि खतरनाक छ । एक जनाको घुराई, बत्ती नबाली सुत्न नसक्ने बानी, एसीको तापमान दुबैलाई फरक फरक चाहिने, निद्राको फरक प्रकृति वा झगडा जस्ता कयौँ कारणले गर्दा दम्पतीहरू बेग्ला बेग्लै सुत्न सुरु गर्ने गरेको पनि अध्ययनले देखाएको छ । समय बित्दै जाँदा यो बानी उनीहरूको लागि बाध्यता बन्न पुग्छ अनि चाहेर पनि उनीहरू एउटै ओछ्यान सँगै सुत्न सक्दैनन् । एक्लै सुत्नु उनीहरूको बानी र आवश्यकता बनिसकेको हुन्छ । यसका कारण बिस्तारै सम्बन्ध बिग्रन थाल्छ ।

पछिल्लो समय स्लिप डिभोर्सको मामिला संसारभर बढ्न थालेको छ । रिलेसनसिप कोचहरूकहाँ यस्ता गुनासा लिएर आउने जोडीको सङ्ख्या बढ्दो छ । यौन सम्पर्क नै नभए पनि साथमा सुत्दा दम्पतीको सम्बन्धमा बलियो हुन्छ । भावनात्मक रूपमा एकअर्काको नजिक भइन्छ । आपसी बन्डिङ दरिलो बन्छ । पार्टनरले एक अर्कालाई छुँदा मात्रै पनि ह्याप्पी हर्मोन रिलिज हुन्छ । दुबैमा स्वतः माया गहिरो बन्दै जान्छ । शारीरिक टचको मतलब यौन सम्बन्ध मात्रै हुन्न ।

छुट्टा छुट्टै सुत्दा पर्याप्त निद्रा पाइन्छ । अनिद्राको समस्या भएकाहरूका लागि एक्लै सुत्नु फाइदाजनक साबित हुन सक्छ । तर यस्तो गर्दा पार्टनरसँगको भावनात्मक र शारीरिक निकटता ध्वस्त हुन्छ । यौन जीवनमा खलल उत्पन्न हुन्छ । कुराकानी र पारिवारिक संरचनामा समेत नोक्सान पुग्ने क्लिभल्यान्ड क्लिनिकको हेल्थ एसेन्शियल्सको रिपोर्टले देखाएको छ । यी समस्याहरू न्यूनीकरण गर्न हरेक रात केही घण्टा मात्रै भए पनि सँगै सुत्ने, एउटै कोठामा फरक फरक ओछ्यान लगाएर सुत्ने, आदि उपायहरू अपनाउन सकिने विज्ञहरू बताउँछन् । ताकि एउटै छतमुनि बस्दा एक अर्काको उपस्थिति र भावनात्मक लगाव महसुस होस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖