काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । तर पक्राउको कारणबारे भने केही बताइएको छैन । चौधरीलाई निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।