काठमाडौं । व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।
बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका दुवै जनामाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिने ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले दुवै जनालाई आज बिहान पक्राउ गरेको थियो । उनीहरूसँगको बयानपछि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।
