• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विद्युतीय धराप थाप्ने चौधरी पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–१० को तुलसीपुर सामुदायिक वनमा विद्युतीय धरापमा परेर धनबहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र विश्वकर्माले बताए। उनकाअनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए।

सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए । चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । यही माघ १० गते सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो।

उनीसँगै गएका मोहन्याल गाउँपालिका–३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका थिए। अहिले उनको उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖