• Friday 16th of October 2026

प्रचण्ड सरकार भ्रष्ट सरकार हो : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार कामै नलाग्ने भएको आरोप लगाएका छन् । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ ।

पार्टी मुख्यालय, च्यासलमा आज (शुक्रबार) बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘यो सरकार काम लाग्ने सरकार होईन, अलोकतान्त्रिक भ्रष्ट सरकार हो ।यो सरकार गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’

उनले अहिलेको सरकारले एकपछि अर्को गरेर लोकतान्त्रिक पद्धती मासेको पनि आरोप लगाए । उनले सरकारले गैरआवसीय नेपाली संघ र स्काउटमा अनावश्यक हस्तक्षेप गरेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖