• Saturday 17th of October 2026

प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङका लागि अरुण चौधरीलाई पक्राउ गरेः सांसद शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पैसाको बार्गेनिङका लागि उद्योगी एवं व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले उद्योगी व्यवसायीलाई गिरफ्तार गरेर अन्डर टेबल पैसाको बार्गेनिङ गरिरहेको आरोप लगाएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले मिनबहादुरको गिरफ्तारीदेखि लिएर अहिलेसम्म ठूला–ठूला उद्योगपतिहरु, ठूला घरानाहरुलाई पुराना केसमा गिरफ्तार गर्ने, ह्यारास गर्ने र अण्डरटेबल पैसा डिल गर्ने काम गरिरहेको दाबी गरेका हुन् ।

‘राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो। यसमा कुनै कानूनी प्रश्न भएको भए त्यो फाइललाई लिएर, अनुसन्धान गरेर अदालतमा दर्ता गर्न सकिन्थ्यो ।’ उनले भने, ‘तर, प्रक्रिया हेर्नुस् हिजो मिनबहादुरदेखि अहिलेसम्म आइपुग्दाखेरी यसरी व्यापारीहरुलाई गिरफ्तार गर्ने, अण्डरटेबल डिल गर्ने र व्यापारीहरुलाई आतंकित बनाउने प्रथा छ।’

बाँसबारी जुत्ताचप्पल कारखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगी एवं व्यवसायी चौधरीलाई हिजो पक्राउ गरेको थियो । पक्राउ परेका चौधरी नेपाली कांग्रेसबाट सांसदसमेत रहेका विनोद चौधरीका भाइ हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖