काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापको लिखु तामाकोसी गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।
संगठनका पालिका इञ्चार्ज निशान श्रेष्ठको अध्यक्षता केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज डा. सुजन कडरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य दीपशिखा दाहाल, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम् वाग्मती प्रदेश सहइञ्चार्ज सागरहरि अधिकारी, केन्द्री सदस्य टक घतानी, आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई लगायतको उपस्थिति थियो ।
अधिवेशनले एप्पल कार्कीको अध्यक्षतामा ४३ सदस्सीय संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रतीक पौडेल र सुमन महत निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा सोकिन मगर निर्वाचित हुनुभएको छ भने सहसचिवमा सुमन दर्जी र आशिका राई निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने बिपना तामाङ चुनिनु भएको छ ।
