एजेन्सी – फेब्रुअरी महिनामा सौर्यमण्डलका विशेष ग्रहहरू परिवर्तन हुँदैछन् । यस ग्रह परिवर्तनका कारण धेरै शुभ योगहरु बन्ने छन्, जसले धेरै राशिका मानिसहरुलाई लाभ मिल्नेछ । विशेषगरी फागुन ११ गतेदेखि मकर राशिमा बुध, मंगल र शुक्रको त्रिग्रही योग बन्न लागेको छ ।
मकर राशिमा बन्ने ग्रहको संयोगमा मंगल र शुक्रको मिलनले लक्ष्मीनारायण र राजयोगको निर्माण हुने ज्योतिषीहरुको भनाइ छ । करिब दश वर्षको अन्तरालपछि मकर राशिमा यो योग बन्न लागेको हो ।
वास्तवमा यस समयमा मंगल, बुध र शुक्र धनु राशिमा घुमिरहेका छन्। फेब्रुअरी महिनामा यी राशिहरु एक एक गरी परिवर्तन हुनेछन् । सबैभन्दा पहिले फेब्रुअरी १ मा बुध मकर राशिमा पुग्नेछन्, त्यसपछि मंगल र त्यसपछि शुक्र पनि मकर राशिमा प्रवेश गर्नेछन्। फेब्रुअरी ११मा शुक्र प्रवेशले मकर राशिमा त्रिग्रही योग बन्नेछ । १९ फेब्रुअरी बुधको राशि परिवर्तन हुनेछ तर मंगल र शुक्रको संयोग चैत ७ गतेसम्म रहनेछन् र यस अवधिमा लक्ष्मीनारायण राजयोग हुनेछ ।
ज्योतिष मठ संस्थानका विनोद गौतमले मंगल र शुक्रको संयोगले धनशक्ति योगको सिर्जना हुने बताए । यसलाई लक्ष्मीनारायण योग पनि भनिन्छ। यो योग सबै राशिका लागि लाभदायक भए पनि केही राशिका लागि विशेष लाभ दिनेछ ।
यी राशिका व्यक्तिलाई विशेष फाइदा हुन्छ
मेष राशिका लागि यो विशेष लाभदायक हुनेछ। यसमा शुक्र र मंगलको संयोग दशम भावमा हुनेछ। व्यापारी वर्गका व्यक्तिले विशेष लाभ प्राप्त गर्नेछन्। त्यसैगरी, वृष राशिको नवौं घरमा हुनेछ, यस्तो अवस्थामा काममा सफलता मिल्नेछ। विवादबाट मुक्ति मिल्नेछ । कन्या राशिका व्यक्तिहरुलाई पनि राम्रो नतिजा मिल्नेछ । व्यापार तथा जागिरमा पदोन्नतिको सम्भावना छ ।
राजयोगले सुख र समृद्धि ल्याउनेछ
ब्रह्मशक्ति ज्योतिष प्रतिष्ठानका पण्डित जगदीश शर्माले बुध, शुक्र र मंगलको यो संयोग दश वर्षपछि मकर राशिमा हुने बताउँछन् । यसअघि गत वर्ष पनि यी ग्रहहरू सँगै थिए तर यो संयोग सिंह राशीमा बनेको थियो भने यसपटक मकर राशिमा करिब एक महिनादेखि बनिरहेको छ ।
यसबाट लक्ष्मीनारायण राजयोगको निर्माण हुनेछ। यसले सुख र समृद्धि ल्याउनेछ। देशको आर्थिक अवस्था पनि सुध्रिनेछ र समृद्धि पनि आउनेछ । मंगल एक राशिमा बढीमा ४५ दिन र बुध र शुक्र करिब एक महिना रहन्छन्
यसरी परिवर्तन हुनेछ यी तीन राशिका राशिहरु
फेब्रुअरी १ देखि मकर राशिमा बुध
फेब्रुअरी ५ बाट मकर राशिमा मंगल ग्रह
फेब्रुअरी ११ देखि मकर राशिमा शुक्र
