• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आफैंले हाँकेकाे गाडीले पैदलयात्रुलाई ठक्कर दिएपछि मेयर पक्राउ


  • धनकुटा खबर
  • .

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले चलाएको गाडीले एक जनालाई ठक्कर दिएको छ ।

धनगढीबाट दिपायल आउँदै गरेको दिपायल सिलगढी नगरपालिकाको से १ ज ३१७ नं. को गाडीले पैदलयात्री कैलालीको चुरे गाउँपालिकाका ५५ वर्षीय पदम सुनारलाइ ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

घटना चुरे गाउँपालिका–५ निगलाडी भन्ने ठाउँमा भएको हो । घाइतेको अवस्था सामान्य रहेको र उनको कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

नगरपालिकाको गाडी र चालक नगर प्रमुख इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖