• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी जवानले गरे श्रीमती र साढे २ वर्षीय छोराको हत्या


  • धनकुटा खबर
  • .

दाङ— घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका बिक र साढे २ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

‘नेपालगञ्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैँले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।
नेपालीको घर रोल्पाको रुन्टीगढी गाउँपालिका– ९ हो भने श्रीमतीको माइती रुकुम पश्चिमको चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्यूजगृह

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖