• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

निस्सासिएर सासू-बुहारीको मृत्यु


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।

उनीहरु सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖