• Friday 16th of October 2026

झापामा ३७ वर्षीया महिलाको बलात्कार


  • धनकुटा खबर
  • .

काठमाडौं । झापामा ३७ वर्षीया महिलाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–९ मा बस्दै आएका भारतको बलिया थानाका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति ती महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले गुप्तालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖