• Friday 16th of October 2026

सिंहदरबार अगाडिबाट आरती साहकी आमा र भाई पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ माघ । लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनमा होमिएका जनकपुरका आरती साहको परिवारमाथि प्रहरीले धरपकड गरेको छ ।

प्रहरीले आज सिंहदरबार अगाडि प्रदर्शन गर्नेक्रममाा आरतीकी आमा र भाईलाई गिराफ्तार गरेको हो ।आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖