• Friday 16th of October 2026

शेखरलाई कार्यकर्ताको प्रश्न: हाम्रै साथी काट्दा रगत लत्पतिएको हातसँग कसरी हामीले हात मिलाउने?


  • धनकुटा खबर
  • .

काठमाडौं : समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै-गुनासाका पोका थुपारेका छन्। सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने?’- एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्। सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरुले नेताहरुलाई सुझाव दिए। सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖