• Friday 16th of October 2026

आमासँग ‘लिभिङ टुगेदर’ बसेर छोरी बलात्कार गर्ने पूर्वसई…


  • धनकुटा खबर
  • .

काठमाडौं / बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्व (प्रहरी नायब निरीक्षक) सई पक्राउ परेका छन्। पक्राउ परेका पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको प्रहरी स्रोतले बताएकाे छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक पूर्वसईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो । पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।ती सईले लगातार तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

पक्राउ परेका सई र पीडित भनिएकी किशोरीको आमा भने लिभिङ टुगेदरमा रहेको खुलेको छ। उनले आफ्नै प्रेमिकाको छोरीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖