• Friday 16th of October 2026

एमाले नेता नेम्वाङको स्वास्थ्यमा सुधार


  • धनकुटा खबर
  • .

२३ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनकी श्रीमती भुमिका सुब्बाले सामाजिक सन्जालमार्फत् नेम्वाङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएकी हुन् ।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेम्वाङ ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन गएको बेला यही माघ १७ गते ‘ब्रेन स्ट्रोक’ भएको थियो । सोही दिन उनलाई हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो । अहिले उनको उपचार त्यहीँ भइरहेको छ ।

उनकी श्रीमती भुमिकाले सामाजिक सन्जाल फेसबुकमा फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छुइन । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ भन्ने कुरा यसै मार्फत जानकारी पनि गराउन चाहन्छु ।’

साथै डाक्टरको सल्लाह अनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट नगराउनू भन्ने निर्देशन आएकाले सम्पूर्ण शुभचिन्तकहरूमा केही समय भेटघाट गराउन नसकिने उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖