• Friday 16th of October 2026

थापालाई लामिछ्नेले दिएको मुख भरिको जवाफ …


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै जावाफ फर्काएका छन् । आज बसेको संसद् बैठकमा रविले नयाँ दलले प्रश्न उठेका सांसदलाई ७२ घण्टाको समय लिएर कारबाही गरेको भन्दै आफ्नो दलमा त्यस्तो गरेर देखाउन चुनौती समेत दिएका छन् ।

“यदि, घोचपेच र ज्ञान बाँड्ने गर्ने हो भने आफ्नै दलतिर हेर्दा हुन्छ । नयाँलाई हेर्ने हो भने त ७२ घण्टाभित्र कारबाही गर्ने दल हो,” रविले गगन थापातर्फ लक्षित गर्दै भने, “पुराना दलहरुले आफ्नो दलभित्र एकपटक चियाएर हेर्ने हो कि, विश्वविद्यालयमा भातृ संगठन नबनाउने घोषणा कार्यान्वयन गर्ने हो कि ? सरकारी जग्गा किर्ते गर्ने मान्छे, आफ्नै दलको वरपर होलान् तिनलाई पहिला पार्टीगत रुपमा कारबाहीको दायरामा ल्याउने हो कि ?”

उनले नागरिकता किर्ते गर्नेलाई पनि दलीय आधारमै संरक्षण गरिएको टिप्पणी गरे ।“नागरिकता किर्ते गर्नेलाई कारबाहीमा ल्याउने हो कि ?,” रविले भने । उनले सबै विषय उठाउँदै जाँदा लामो समय वित्ने भन्दै त्यतातिर नलाग्न पुराना दलहरुलाई आह्वान गरे । लामिछानेले चुनाव हारेका नेतालाई फेरि राष्ट्रियसभामा ल्याउन अगुवाइ गरेको आरोप लगाए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖