• Friday 16th of October 2026

प्रधानमन्त्री लक्षित झनलाथको टिप्पणी- जोगी सबै आए, कानै चिरेका


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री बनेको एक वर्षसम्म पनि केही काम नगरेको आरोप लगाएका छन् ।

पोखरामा शनिवार समाजवादी प्रेस संगठन नेपाल कास्की समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री प्रचण्डलाई जोगी सबै आए पनि कानै चिरेको संज्ञा दिएका हुन् ।

‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । एक वर्ष भयो । मान्छेले आस मार्न छोडेका छन् । जोगी त सबै आए । तर, कानै चिरेका,’ उनले भने ।

वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको नेता खनालले सुनाए । अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने उनको भनाइ थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖